News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा भारी गिरावट

काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१ दशमलव ८० अंकले घटेको छ । गिरावटसँगै नेप्से दुई हजार ४५ दशमलव ४४ अंकमा झरेको छ । 

मंगलबार दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार १७९ कित्ता शेयर खरिद बिक्री हुँदा दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ बराबरको कारोबार भएको छ ।

कारोबारपछि म्युचुअल फण्ड समूहको उपसूचक ४ दशमलव २८ अंकले बढेको छ । बाँकी सबै समूहको उपसूचक घटेको छ ।

आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव १८ प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको शेयर मूल्य सात दशमलव ६९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको २० करोड ५५ लाख ९४ हजार ३२ बराबरको शेयर किनबेच भएको छ । 

किनबेच भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन लाख २५ हजार २३५ कित्ता किनबेच भएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:५१
Weather Update