News Griha :: न्यूजगृह
महाशाखा प्रमुख आचार्यले भने : सुन ‘पेओर’ हो वा कमसल हो ?, एक हप्ताभित्र थाहा पाउनु हुन्छ
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्य

काठमाडौं— हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको गुणस्तर नापजाँच सुरु हुने भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले सुनको गुणस्तर नापजाँच सुरु हुने जानकारी दिए ।

ब्रेक शुबाट निकालेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो । उनका अनुसार उक्त सुनलाई ३४ वटा बिस्कुट बनाइएको छ ।

सुन जोखेपछि पत्रकार सम्मेलनमा बोल्दै महाशाखा प्रमुख आचार्यले भने, 'अब यो सुनको गुणस्तर कति हो ? ‘पेओर’ सुन हो ? वा कमसल सुन हो ? जे हो, त्यो अब एक हप्ताभित्र तपाईहरूले थाहा पाउनु हुन्छ ।’

Gold1692091368.png

उनले सुनको गुणस्तर नाप्ने मेसिन आफूहरूसँगै भएको बताउँदै जाँच सुरु हुने जानकारी दिए ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालेको थियो ।

गालेपछि सुनको मात्रा केही घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम सुरु हुने भएको छ ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो । सुनसहित १५५ किलो ब्रेक शु बरामद गरी सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:३२
Weather Update