News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् बैठक : जग्गाको कित्ताकाट खोल्ने निर्णय

काठमाडौं— सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि रोकिएका सम्पूर्ण जग्गासम्बन्धी काम फुकुवा गर्ने निर्णय गरेको यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

‘मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाटसम्बन्धी निर्णय गरेको छ । अहिलेसम्म रोकिएको जग्गा कित्ताकाट,नामसारीलगायतका कामहरूलाई फूकाउने गरी भूउपयोग नियमावली पास गरेको छ,’उनले भने ।

गत वैशाखमा मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । हाल भूउपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ ।

स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ । सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:५९
Weather Update