News Griha :: न्यूजगृह
प्रहरी जवानबाटै धनुषामा बालिकामाथि यौन दुर्व्यवहार, कारबाहीको माग गर्दै स्थानीयले गरे राजमार्ग अवरुद्ध
प्रहरी जवानबाटै धनुषामा बालिकामाथि यौन दुर्व्यवहार, कारबाहीको माग गर्दै स्थानीयले गरे राजमार्ग अवरुद्ध बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई प्रहरी जवान रूपेश चौधरीले यौन दुर्व्यवहार गरेका थिए । प्रहरी जवान चौधरीलाई मंगलबार राति नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।जिल्ला...
विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि सडक बन्द
विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि सडक बन्द राष्ट्रिय विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्गको नाग्म गमगढी अन्तर्गत सिंजा खण्ड बन्द छ ।  उपचारको क्रममा स्थानीयको मृत्यु भएपछि सिंजा सडक खण्डको खाडापानीमा मङ्गलबारदेखि स्थानीयले  सडक बन्द गरेका हुन् । 
सरकार सुशासनमा केन्द्रित छ : सञ्चारमन्त्री शर्मा
सरकार सुशासनमा केन्द्रित छ : सञ्चारमन्त्री शर्मा बुधबार बिहान घोराहीमा सञ्चारकर्मीहरूसँग उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन्  । भ्रष्टाचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा शर्माले जोड दिइन् । ‘सरकारले सुन तस्करी, भुटानी शरणार्थीलगायत अन्य भ्रष्टाचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग...
सांसद भण्डारीको शल्यक्रिया गर्न क्यानडाबाट आए डाक्टर, शुल्क नलिने
सांसद भण्डारीको शल्यक्रिया गर्न क्यानडाबाट आए डाक्टर, शुल्क नलिने ६ महिनाअघि आगलागीमा परी घाइते भएका सांसद भण्डारीको किर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको हो । शल्यक्रियाको भण्डारी अस्पतालमा भर्ना भइसकेका छन् । अस्पतालका प्रमुख प्रा.डा. शङ्कर राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै भण्डारीको शल्यक्रिया गर्न लागिएको बताए ।
वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इन्डोनेसियाली सरकारको आह्वान
वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इन्डोनेसियाली सरकारको आह्वान मंगलबार इन्डोनेसियाका उद्योग मन्त्री एरिक थोहिरले देशमा वायु प्रदुषण अत्यधिक बढेको भन्दै नागरिकहरूलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेका हुन् । उनले सरकारले परम्परागत इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइरहेको बताए ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा
अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न शुरु गरेको हो । एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान शुरु गरेको औपचारिक घोषणा गरे ।
संसद् खुलाउन एमालेसहितका दलहरूसँग संवाद गर्ने सत्ता गठबन्धनको निर्णय
संसद् खुलाउन एमालेसहितका दलहरूसँग संवाद गर्ने सत्ता गठबन्धनको निर्णय बुधबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी...
जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए
जहाजको पर्खाइमा चार बालकले ज्यान गुमाए खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रेफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । 
घुस लिएको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकाका २ जना कर्मचारी पक्राउ 
घुस लिएको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकाका २ जना कर्मचारी पक्राउ  सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारका अनुसार वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।
वर्षौँ देखि थन्किएका दुई पाङ्ग्रे साधन
वर्षौँ देखि थन्किएका दुई पाङ्ग्रे साधन धनीले आफ्नो सवारीसाधन बझ्न नआएपछि काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा वेवारिसे अवस्थामा थन्किएका दुई पाङ्ग्रे साधन ।  सवारीधनीले प्रहरी नियन्त्रणमा रहेका आफ्ना सवारीसाधन फिर्ता नलैजाँदा ‘डम्प’ भएका मोटरसाइकल र गाडीहरू ट्राफिक प्रहरीका लागि ‘निल्नु न ओकल्नु’ भएको छ ।
चन्द्र भण्डारी अस्पताल भर्ना
चन्द्र भण्डारी अस्पताल भर्ना भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए ।
कोशी प्रदेश : कांग्रेसका ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री बने  
कोशी प्रदेश : कांग्रेसका ज्येष्ठ सदस्य मण्डल कृषि राज्यमन्त्री बने   मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।‌ मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मण्डल कोशी प्रदेश सभामा ज्येष्ठ सदस्य हुन् । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् । 
Weather Update