मन्त्रालयले सबै स्थानीय तहलाई किन पठायो पत्र ? बुधबार, साउन ३१, २०८०

भारतको विरोध गर्नु राष्ट्रवाद होइन : केसी बुधबार, साउन ३१, २०८० नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताएका छन् ।
एमाले अध्यक्ष ओली भन्छन्— बैंकहरूले आफूलाई सुधार्नुपर्ने अवस्था छ बुधबार, साउन ३१, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले आफूलाई सुधार्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।

यस्ता माग राखेर शिक्षकहरूले बुझाए मन्त्रीलाई ध्यानाकर्षण पत्र बुधबार, साउन ३१, २०८० बाग्मती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

महिला विश्वकप फुटबल : इंग्ल्यान्ड फाइनलमा, स्पेनसँग खेल्ने बुधबार, साउन ३१, २०८०

सूर्यविनायकका विद्यालय २ दिन बन्द बुधबार, साउन ३१, २०८० भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार २ दिन विद्यालय बन्द गरेको छ ।

मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, साउन ३१, २०८० रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध १३ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

‘शिक्षा ऐनले शिक्षक कर्मचारीका अधिकार कटौती गर्यो’ बुधबार, साउन ३१, २०८० संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदामा आफूहरूको अधिकारी कटौती गरिएको शिक्षकहरूले बताएका छन् । त्यसकाविरुद्ध शिक्षकहरूले आन्दोलन गरेका छन् ।

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड बुधबार, साउन ३१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् ।बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित एक बैठकमा उनले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।
काठमाडौं आइपुग्यो चिनियाँ जनमुक्ति सेनाको टोली, भेट्यो प्रधानसेनापति शर्मालाई बुधबार, साउन ३१, २०८० नेपालको पाँच दिने भ्रमणमा बुधबार दिउँसो काठमाडौं आएका तिब्बत मिलिटरी कमान्डका मेजर जनरल यूई एन देबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ ।

राष्ट्रपतिलाई भेटेपछि ओलीले भने— सत्तापक्षको जबर्जस्तीले संसद् अवरुद्ध छ, उसले नै खुलाउनुपर्छ बुधबार, साउन ३१, २०८० उनले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताए । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले भने, ‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनेँ । संसद् अवरोध गर्नुहुँदैन्, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’

शेयर बजार २० अङ्कले घट्यो बुधबार, साउन ३१, २०८० नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा पनि घटेको छ ।बुधबार २०.३१ अङ्कले बजार ओरालो लागेको हो । मंगलबार पनि नेप्से परिसूचक ३१.८० अङ्कले घटेको थियो ।साताको चौथो कारोबारको दिन शेयर कारोबार मापक नेप्सेमा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।...

६० केजी सुन तस्करी प्रकरण : ४ चिनियाँ नागरिक पक्राउ बुधबार, साउन ३१, २०८० ६० केजी सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतका अनुसार पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति काठमाडौंका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका...









