सूर्यविनायकका विद्यालय २ दिन बन्द

काठमाडौं— भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार २ दिन विद्यालय बन्द गरेको छ ।
आँखा पाक्ने रोगले विद्यार्थीलाई पठन-पाठनमा समस्या भएको भन्दै भदौ ३ गतेसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।
हिउँदे बिदाबाट कट्टा हुने गरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १८:१२













