News Griha :: न्यूजगृह
काठमाडौं आइपुग्यो चिनियाँ जनमुक्ति सेनाको टोली, भेट्यो प्रधानसेनापति शर्मालाई
तस्बिर : सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय ।

काठमाडौं— नेपालको पाँच दिने भ्रमणमा बुधबार दिउँसो काठमाडौं आएका तिब्बत मिलिटरी कमान्डका मेजर जनरल यूई एन देबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरूबीच प्रधानसेनापतिको कार्यकक्षमा भेटघाट भएको हो । सो अवसरमा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको सेनाले जनाएको छ । मेजर जनरल यूई ८ सदस्यीय सीमा सुरक्षा प्रतिनिधि टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालय लगायत सैनिक इकाईहरूका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गर्ने सेनाले जनाएको छ । तिब्बत मिलिटरी कमान्ड चीनको जनमुक्ति सेनाका (पीएलए) अन्तर्गत पर्छ । सो टोली भदौ ३ मा स्वदेश फर्कने छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:११
Weather Update