News Griha :: न्यूजगृह
किन आउँदै छ चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं ?

काठमाडौं— चीनबाट नेपालमा सैनिक तहको उच्चस्तरीय भ्रमण हुन लागेको छ ।

सोही क्रममा चिनियाँ सेनाको एक टोली बुधबार काठमाडौं आउँदै छ । चीनको तिब्बत मिलिट्री कमान्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली बुधबार दिउँसो काठमाडौं आउन लागेको हो ।

उपरथी यू एनदे नेतृत्वको टोली औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पुष्टि गरे । नेपालसँग सीमा जोडिएको तिब्बतका उच्च तहका सैनिक अधिकारी कोरोना महामारी पछि नेपाल आउँन लागेको यो पहिलो भ्रमण हो ।  

चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने स्रोतले बतायो । भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १०:०८
Weather Update