News Griha :: न्यूजगृह
मन्त्रालयले सबै स्थानीय तहलाई किन पठायो पत्र ?

काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह (७५३) लाई विपद् तथा महामारीमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ ।

मन्त्रालयकी उपसचिव आरती न्यौपानेले मंगलबार सबै स्थानीय तहलाई परिपत्र गर्दै विशेष सतर्कता अपनाउन निर्देशन दिएकी हुन् ।

सामान्यले विभिन्न जिल्लामा मानव तथा पशुहरूमा फैलिएको रोगबारे कानुन बमोजिम स्थापित विपद् व्यवस्थापनका संयन्त्र तथा सरोकारवाला निकायसँग पर्याप्त समन्वय र सहकार्य गरी थप क्षति हुन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:०७
Weather Update