News Griha :: न्यूजगृह
‘शिक्षा ऐनले शिक्षक कर्मचारीका अधिकार कटौती गर्‍यो’

काठमाडौं— संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदामा आफूहरूको अधिकारी कटौती गरिएको शिक्षकहरूले बताएका छन् । त्यसकाविरुद्ध शिक्षकहरूले आन्दोलन गरेका छन् ।

‘शिक्षक कर्मचारी विरोधी ऐन’ चाहिँदैन भन्दै उनीहरूले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय अगाडि धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रमअन्तर्गत मंगलबार देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरू धर्नामा बसेका हुन्  ।

सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान राखेकोले शिक्षकहरु पहिलो चरणमा सदरमुकाम धर्ना दिएको शिक्षक महासंघ कालिकोटका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताए ।

‘लामो समयसम्म आउन नसकेको संघीय शिक्षा ऐनका प्रावधानले शिक्षक समुदायको आत्मसम्मानमा चोट पुगेको छ’,उनले भने, ‘शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान नहटाएर कडा रुपमा प्रस्तुत हुन्छौं ।’  

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:४९
Weather Update