News Griha :: न्यूजगृह
भारतको विरोध गर्नु राष्ट्रवाद होइन : केसी

काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारतको विरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताएका छन् ।

बुधबार नेपाल भारत मैत्री समाजको आयोजनामा ७६औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद केसीले २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र कांग्रेसको विरोध गर्नु हो भन्ने भाष्य बनेको बताए ।

उनले भने,‘नेपालको राष्ट्रवाद भनेको नै भारत विरोधवाद र कांग्रेस विरोधवादको रुपमा जन्मियो । त्यसकारण हामी कहिलेकाहीँ भारत विरोधवाद नै नेपालको राष्ट्रवाद हो कि भनेर सम्झन्छौँ, त्यो होइन ।’

उनले नेपाल–भारतबीचको सम्बन्ध राजनीतिक बन्धनले मात्रै बाँधिएको नभइ धर्म, संस्कार, संस्कृति, परम्परा र आपसी मान्यताबाट एक अर्कामा जोडिएको बताए ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:५६
Weather Update