एमाले अध्यक्ष ओली भन्छन्— बैंकहरूले आफूलाई सुधार्नुपर्ने अवस्था छ
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले आफूलाई सुधार्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उद्यमीहरू नभए बैंकको व्यवसाय नचल्ने बताए ।
उनले उद्योगहरू अप्ठ्यारोमा पर्दा थप ऋण दिएर तिर्न सक्ने अवस्थामा बैंकले फर्काउनुपर्ने बताए । उनले भने,‘बैंकहरूले आफूलाई सुधार्नुपर्ने देख्छु । बैंक खाली साहुजी मात्र होइन उद्यमीहरूको सहयोगी हो ।’
अध्यक्ष ओलीले अहिले निजी क्षेत्र अगाडि बढ्न खोज्दा सरकारले अनुकूलता प्रदान नगरेको दाबी गरे ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १८:४७