विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि सडक बन्द

मुगु— राष्ट्रिय विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्गको नाग्म गमगढी अन्तर्गत सिंजा खण्ड बन्द छ ।
उपचारको क्रममा स्थानीयको मृत्यु भएपछि सिंजा सडक खण्डको खाडापानीमा मङ्गलबारदेखि स्थानीयले सडक बन्द गरेका हुन् ।
साउन १४ गते कनकासुन्दरी– २ मालिकावोतादेउतीमाडुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन तान्ने क्रममा सडकमा रहेको तार ट्रकमा बेरिएर झट्का दिँदा ४१ वर्षीय कर्णबहादुर रावत घाइते भएका थिए ।
उनको उपचारको क्रममा भारतको लखनउमा मृत्यु भएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १२:५२













