News Griha :: न्यूजगृह
बस, जीप, मोटरसाइकल र स्कुटर ठोक्किँदा चितवनमा १० जना घाइते 

चितवन— चितवनमा चार बढी सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना हुँदा १० जना बढी घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा अक्सफोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, जीप र मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:३९
Weather Update