News Griha :: न्यूजगृह
चन्द्र भण्डारी अस्पताल भर्ना

काठमाडौं—  नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् ।

घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन् । 
भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए ।

घटनाको भोलिपल्ट हरिकलाको निधन भएको थियो । भण्डारीलाई भने थप उपचारको लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । 

 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १०:४२
Weather Update