उपचार गराएर स्वदेश फर्किए चन्द्र भण्डारी
काठमाडौं— नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर आइतबार स्वदेश फर्किएका छन् ।
गत ३ फागुनमा आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी भारतमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका हुन् ।
उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरिएको थियो । सांसद भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १९:४६