News Griha :: न्यूजगृह
वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इन्डोनेसियाली सरकारको आह्वान

काठमाडौं— वायु प्रदुषण बढेसँगै इन्डोनेसियाली सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ ।

मंगलबार इन्डोनेसियाका उद्योग मन्त्री एरिक थोहिरले देशमा वायु प्रदुषण अत्यधिक बढेको भन्दै नागरिकहरूलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेका हुन् । उनले सरकारले परम्परागत इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइरहेको बताए ।

कोइला र परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको प्रयोगका कारण वायु प्रदुषणमा सबैभन्दा ठूलो असर परेको सरकारले बताएको छ । इन्डोनेसियाली सरकारले वायु प्रदुषण कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जा रहेको बताएको छ । जकार्ता र नजिकका अन्य शहरमा गत हप्ता वायुको गुणस्तर सबैभन्दा नराम्रो रहेको थियो । 

रोयर्टसको सहयोगमा 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १२:०६
Weather Update