प्रहरी जवानबाटै धनुषामा बालिकामाथि यौन दुर्व्यवहार, कारबाहीको माग गर्दै स्थानीयले गरे राजमार्ग अवरुद्ध

काठमाडौं— बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।
मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई प्रहरी जवान रूपेश चौधरीले यौन दुर्व्यवहार गरेका थिए । प्रहरी जवान चौधरीलाई मंगलबार राति नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरी जवानलाई संरक्षण नगर्न खबरदारी गर्दै स्थानीयले मिथिला नगरपालिका— ९ ललागढस्थित प्रहरीचौकी घेराउ र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १३:२७