प्रधानमन्त्रीको दाबी—विकृति र बेथिति अन्त्यकाे नेतृत्व माओवादीले लिन्छ बिहीबार, साउन ३२, २०८०

शिक्षक दिनहुँजसो आन्दोलनमा जाँदा विद्यार्थीको पठनपाठन प्रभावित बिहीबार, साउन ३२, २०८० सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो पेसागत हकहितको माग राखेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढ्यो, आवेदन माग बिहीबार, साउन ३२, २०८० खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका कार्यसमिति बैठक शनिबार बिहीबार, साउन ३२, २०८० नेपाल विद्यालय कर्मचारी परिषद्,जहदा गाउँपालिका कार्यसमिति,मोरङले पर्सी शनिबार (२ भदौ) मा बस्ने गरी बैठक बोलाएको छ ।

जहाज कुर्दा चार बालबालिकाको निधन भएपछि हुम्लाबासी आन्दोलित बिहीबार, साउन ३२, २०८० नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् । प्राधिकरणको नियमका कारण हवाई जहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्यु भएपछि हुम्लाबासी आन्दोलित भएका हुन् ।

जहाँ पहिरोको डरले रातभर सुत्दैनन् स्थानीय बिहीबार, साउन ३२, २०८० गत वर्षको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका-५ का आधा दर्जन घरमा क्षति भएको थियो । गाउँमाथिको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधा दर्जन बढी घरमा क्षति पुर्याएपछि उनीहरू अहिले घरबिहीन छन् । वर्षातसँगै गाउँमाथिबाट कति बेला पहिरो आउँछ भन्ने चिन्तामा स्थानीय नसुतेर रात कटाउँदै आएका छन् । पानी परेपछि...

सन्दीपविरुद्ध मुद्दा : पीडित किशोरीकी आमाको दुई जन्ममिति, २० वर्षको अन्तर देखियो बिहीबार, साउन ३२, २०८० जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबारदेखि नियमित सुनुवाइ गर्ने भएको छ । न्यायाधीश राजकुमार खतिडवाको इजलासले बिहीबार सुनुवाइ गर्दै यस मुद्दाको सुनुवाइ नियमित हुने जनाएको हो ।

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम खुम्चियो बिहीबार, साउन ३२, २०८० नेप्सेमा सामान्य अंकले वृद्धि हुँदा कारोबार रकममा भने कमी आएर डेढ अर्बमा खुम्चिएको छ । बिहीबार कूल ४० लाख ९ हजार २६३ कित्ता शेयर एक अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।

अमेरिकामा न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ बिहीबार, साउन ३२, २०८० अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छन् ।

कैदीबन्दीको हत्यामा असई लक्ष्मी चौधरीसहित टोलीको संलग्न देखियो : छानबिन समिति बिहीबार, साउन ३२, २०८० जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले यसबारे जानकारी दिएका हुन् ।

पानीको जार र बोतलमा बढी मूल्य नलिन आग्रह, एक बोतल पानीको मूल्य कति ? बिहीबार, साउन ३२, २०८० संघले बिहीबार पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो । संघका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको बताउँदै अनुगमलाई तीव्रता पार्न खोजेको जानकारी दिए ।

योजना राम्रो बनाउँछौँ फेल हुन्छ : उपाध्यक्ष श्रेष्ठ बिहीबार, साउन ३२, २०८० राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले राम्रो योजना बनाए पनि कार्यान्वयन नभएको स्वीकारेका छन् । बिहीबार १६ औँ राष्ट्रिय योजनाको तयारीबारे आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सडक र सदनमा किन योजना बनाउन पर्यो भनेर आवाज उठेको भन्दै त्यो स्वाभाविक भएको बताए ।

एउटा सियो रोक्ने विमानस्थलबाट एक क्विन्टल सुन कसरी बाहिर निस्कन्छ ? : सांसद केसी बिहीबार, साउन ३२, २०८० बिहीबार सिंहदरबारमा पत्रकारसँग बोल्दै उनले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको संरक्षणबिना बाहिरिन नसक्ने दाबी गरेका हुन् ।









