News Griha :: न्यूजगृह
अर्थमन्त्री महतको टिप्पणी— प्रमुख प्रतिपक्षीबाट संसद्लाई प्रभावहीन बनाउने काम भयो 
अर्थमन्त्री महतको टिप्पणी— प्रमुख प्रतिपक्षीबाट संसद्लाई प्रभावहीन बनाउने काम भयो  बिहीबार जनकपुरधाममा पत्रकारहरूसँग उनले एमालेको अनावश्यक संसद् अवरोध गरिरहेकाले महत्त्वपूर्ण विधेयकहरू ओझेलमा परेको बताए । महतले आफूहरू सरकार बाहिर रहँदा कहिल्यै संसद् अवरोध नगरेको तर एमाले सरकारबाट बाहिरिने बित्तिकै अनावश्यक संसद् अवरोध गरिरहेको बताए ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा अन्तिम सुनुवाइका रुपमा रहेको लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको पेशीमा अगाडि राखिएको हो । सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भन्दै आदेश दिएपछि काठमाडौं जिल्ला अदालतले बिहीबारका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो ।
पहिरोले कालीगण्डकी कोरिडोरमा अलपत्र परे यात्रु
पहिरोले कालीगण्डकी कोरिडोरमा अलपत्र परे यात्रु बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ । वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने उनको भनाइ थियो ।
अमेरिकामा मृतकका परिवारलाई सात सय डलर दिने घोषणापछि सरकारको विरोध
अमेरिकामा मृतकका परिवारलाई सात सय डलर दिने घोषणापछि सरकारको विरोध आलोचकहरूले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन् । संघीय आपत कालीन व्यवस्थापन एजेन्सी (फेमा)ले हवाईका बासिन्दाहरूलाई सहयोग गर्न तीन सय फेमा कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ ।
अचार उत्पादनबाट आम्दानीको स्वाद लिँदै महिला उद्यमी
अचार उत्पादनबाट आम्दानीको स्वाद लिँदै महिला उद्यमी उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौं, नेपालगञ्जलगायत ठूला सहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मंसिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् ।
पहिरो जोखिमका सर्वसाधरणलाई सेनाद्वारा उद्धार
पहिरो जोखिमका सर्वसाधरणलाई सेनाद्वारा उद्धार तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकस्थित सेती नदी किनारामा रहेका घरहरू जमिन भासिएर नदीमा खस्ने जोखिमका कारण स्थानीयको उद्धार गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पीडित पक्षको माग पूरा भएसँगै खुल्यो नाग्म-गमगढी सडक 
पीडित पक्षको माग पूरा भएसँगै खुल्यो नाग्म-गमगढी सडक  मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले मंगलबारदेखि विरोध गर्दै अएका थिए । तर, बुधबार स्थानीय र मृतकका आफन्तले दिनभरि सडक अवरुद्ध गरेका थिए ।
सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज, के होला फैसला ?
सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज, के होला फैसला ? सन्दीप प्रतिवादी रहेको बलात्कार मुद्दाको पेसीमा कुनै फेरबदल नआए बिहीबार नै मुद्दाको किनारा लाग्ने भएको हो । उनीविरुद्धको मुद्दामा आरोपित पक्षले पीडित भनिएकी किशोरीको उमेरमा विवाद हुँदा मुद्दा लम्बिएको थियो ।
स्थानीय पाठ्यक्रम तयार पार्न नाम्खा गाउँपालिकाले गठन गर्‍यो समिति
स्थानीय पाठ्यक्रम तयार पार्न नाम्खा गाउँपालिकाले गठन गर्‍यो समिति हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ ।
यी ३ संसदीय समितिका बैठक बस्दै
यी ३ संसदीय समितिका बैठक बस्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका विभिन्न ३ समितिका बैठकहरू बोलाइएको छ । संघीय संसदको बैठक सुचारु हुन नसकेका बेला मिनी संसद मानिने समितिका बैठकहरू भने नियमित जस्तै बस्न थालेका हुन् ।
करेन्ट लागेर युवकको मृत्यु, क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध
करेन्ट लागेर युवकको मृत्यु, क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पसलमा सामान खरिद गर्न जाँदा नजिकै टांगिएको तारबाट करेन्ट लागेर मृत्यु उनको भएको हो । करेन्ट लागेलगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनना साथ उनलाई मृत घोषणा गरेको थियो ।
कक्षा १२ को परीक्षामा आधा फेल भएको विषय निकै गम्भीर : बाबुराम भट्टराई
कक्षा १२ को परीक्षामा आधा फेल भएको विषय निकै गम्भीर : बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कक्षा १२ को परीक्षामा ३ लाख ७२ हजार ६ सय विद्यार्थीमध्ये आधा मात्र पास र आधा फेल भएको विषय निकै गम्भीर भएको बताएका छन् ।
Weather Update