News Griha :: न्यूजगृह
बाँदर पीडित किसान भन्छन् : न समय बच्यो, न मकै
बाँदर पीडित किसान भन्छन् : न समय बच्यो, न मकै बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउन नपर्ने गरी मकैबाली नष्ट भएसँगै फारमसहित बाँयचौरका सबै किसानको मकैबाली नष्ट भएको हो । बाँदरले मकैबारीमा क्षति पुर्‍याएपछि किसान चिन्तामा परेका छन् । 
माग पूरा नभएपछि एमालेले गर्‍यो संसदीय समिति बैठक बहिस्कार
माग पूरा नभएपछि एमालेले गर्‍यो संसदीय समिति बैठक बहिस्कार संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद बिहीबारको समिति बैठकमै अनुपस्थित भएका हुन् ।
सन्दीपविरुद्ध मुद्दाको बहस रोकियो, आमाछोरीको उमेर ९ वर्ष मात्रै फरक देखिएपछि कागजात माग
सन्दीपविरुद्ध मुद्दाको बहस रोकियो, आमाछोरीको उमेर ९ वर्ष मात्रै फरक देखिएपछि कागजात माग जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाले पीडित किशोरीको आमाको जन्म मितिसम्बन्धी कागजात मगाउन आदेश दिएसँगै बहस रोकिएको हो । न्यायाधीश खतिवडाले पीडित भनिएकी किशोरी आमाको नागरिकतासम्बन्धी कागजात मगाउने आदेश दिएका हुन् । 
कहालीको २० वर्ष : हत्याकाण्डपछि सुनसान बनेको दोरम्बाको रौनक अझै फर्केन
कहालीको २० वर्ष : हत्याकाण्डपछि सुनसान बनेको दोरम्बाको रौनक अझै फर्केन २०६० साउन ३१ गते राति रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको नेपाली सेनाको ब्यारेकबाट मेजर राममणि पोखरेलको नेतृत्वमा टोली अपरेसनको लागि निस्कियो । सेनाको टोली रातभरि हिँडेर बिहान तत्कालीन दोरम्बा गाविसको दोरम्बा बजारमा पुग्यो । दोरम्बा बजार नजिकैको एउटा घरमा माओवादीको बैठक र वैवाहिक कार्यक्रम छ भन्ने सेनालाई पूर्व जानकारी...
हवाई उडानको माग राख्दै हुम्लाबासी आन्दोलित
हवाई उडानको माग राख्दै हुम्लाबासी आन्दोलित जिल्लाबासीले हुम्लाको सिमकोट विमानस्थलमा धर्ना कार्यक्रम राखेका छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको यातायात साधनका रुपमा हवाई माध्यम मात्र रहेको छ ।
राष्ट्रपतिले रेशम चौधरीलाई दिएको आममाफीमा सर्वोच्चको प्रश्न
राष्ट्रपतिले रेशम चौधरीलाई दिएको आममाफीमा सर्वोच्चको प्रश्न कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेर जेल सजाय भोगिरहेका उक्त घटनाका मुख्य योजनाकार भनिएका चौधरी सर्वोच्चको फैसलालगतै गणतन्त्र दिवसको अवसरमा जेठ १५ जेठमा राष्ट्रपति पौडेलबाट आमाफी पाएर छुटेका थिए ।
नेपालको बिजुली बंगलादेश बिक्री गर्न सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
नेपालको बिजुली बंगलादेश बिक्री गर्न सहमति, पहिलो चरणमा ४० मेगावाट जाने हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बंगलादेश निर्यातका लागि सहमति गरिसकेको छ ।
मुद्दा जितेका शिवबिन्दुसँग बोले २५ हजार जरिवाना गर्ने गाउँलेको निर्णय
मुद्दा जितेका शिवबिन्दुसँग बोले २५ हजार जरिवाना गर्ने गाउँलेको निर्णय शिवबिन्दुसँग बोल्ने गाउँलेलाई २५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । गाउँमा समान खरिद गर्न नपाएपछि उनी सलाई खरिद गर्नु परे पनि नजिकैको बजार मझौली पुग्छन् । बालापनका साथीहरूबाट अहिले अछुतको व्यवहार सहनु परेको छ । उनी अरुको घर जान पाउँदैनन्, अरु उनको घर आउँदैनन् । 
स्मृति दिवस मनाउन दोरम्बा पुगे प्रधानमन्त्री
स्मृति दिवस मनाउन दोरम्बा पुगे प्रधानमन्त्री तत्कालीन सरकार र नेकपा माओवादी केन्द्रबीच २०६० सालमा दोस्रो युद्धविराम भएको थियो । दोस्रो युद्धविरामकै समयमा साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन नेपाली सेनाले २१ जना माओवादीहरूको हत्या गरेको थियो ।
नेपालको पुँजीबजार गम्भीर अवस्थामा, सुधार गर्न लगानीकर्ताको माग
नेपालको पुँजीबजार गम्भीर अवस्थामा, सुधार गर्न लगानीकर्ताको माग शेयर लगानीकर्ताहरूको तर्फबाट तिलक कोइरालाले पुँजीबजारमा आपूर्तिको खोला बगाउने, माग सिर्जना हुने कुनै पनि काम नगर्ने लाखौ लगानी कर्ताको रकम जोखिममा पार्ने काम भइरहेको बताए ।
भारी वर्षाको सम्भावना
भारी वर्षाको सम्भावना मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले कोशी प्रदेशको तराई र मधेस प्रदेशमा मौसम सफा छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र...
 घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?
 घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार? नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन एक लाख १० हजार ४ सय, तेजाबी सुन एक लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइहेको छ ।
Weather Update