News Griha :: न्यूजगृह
हवाई उडानको माग राख्दै हुम्लाबासी आन्दोलित

काठमाडौं— हवाई उडान कडाइ भएसँगै हुम्लामा आन्दोलन सुरु भएको छ । हवाई उडानलाई सहज बनाउनु पर्ने माग राख्दै जिल्लाबासी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडानमा गरेको कडाइको नयाँ नियम फिर्ता लिनु पर्ने माग राखेका छन् ।

जिल्लाबासीले हुम्लाको सिमकोट विमानस्थलमा धर्ना कार्यक्रम राखेका छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको यातायात साधनका रुपमा हवाई माध्यम मात्र रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १४:२०
Weather Update