सन्दीपविरुद्ध मुद्दाको बहस रोकियो, आमाछोरीको उमेर ९ वर्ष मात्रै फरक देखिएपछि कागजात माग

काठमाडौं— नेपाल राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दामा बिहीबार बहस रोकिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाले पीडित किशोरीको आमाको जन्म मितिसम्बन्धी कागजात मगाउन आदेश दिएसँगै बहस रोकिएको हो ।
न्यायाधीश खतिवडाले पीडित भनिएकी किशोरी आमाको नागरिकतासम्बन्धी कागजात मगाउने आदेश दिएका हुन् ।
कतिपय कागजातमा पीडित भनिएकी किशोरी र उनकी आमाको उमेर ९ वर्ष अन्तर मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्म मिति खुल्ने कागजात मगाइएको हो ।
अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १४:३६













