News Griha :: न्यूजगृह
पीडित पक्षको माग पूरा भएसँगै खुल्यो नाग्म-गमगढी सडक 

मुगु— विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसहित अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्डअर्न्तगत नाग्म गमगढी सडक २४ घण्टापछि खुलेको छ ।

मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले मंगलबारदेखि विरोध गर्दै अएका थिए । तर, बुधबार स्थानीय र मृतकका आफन्तले दिनभरि सडक अवरुद्ध गरेका थिए ।

मृतकको उपचारमा लागेको खर्च १८ लाख रुपैयाँ प्राधिकरणको तर्फबाट दावासिंह जेभी र गाडी समितिले आधा-आधा रकम तिर्ने, मृतकको बालबच्चाको भरण पोषणका लागि पाँच लाख रुपैयाँ राहत दिने, जेभीले मृतकको अन्तिम संस्कारका गर्न ९० हजार उपलब्ध गराउने तथा परिवारको एक सदस्यलाई नेपाल विद्युत प्राधिकरणले कर्मचारीमा नियुक्ति गर्ने लगायतका विषयमा सम्झौता भएपछि सडक खुलाइएको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय दामोदर प्रसाद आचार्याले जानकारी दिए ।

गत साउन १४ गते कनकासुन्दरी-२ मालिकावोता देउतीमाडुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनको काम गरिरहेका ४१ वर्षीय स्थानीय रावतलाई गाडी ठक्कर दिएको थियो । तीव्र गतिमा आएको ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १०:१३
Weather Update