News Griha :: न्यूजगृह
करेन्ट लागेर युवकको मृत्यु, क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध
सांकेतिक तस्बिर

कञ्चनपुर— जिल्लामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बुधबार साँझ करेन्ट लागेर भिमदत्त नगरपालिका–१० का ३६ वर्षीय दिनेश वडको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पसलमा सामान खरिद गर्न जाँदा नजिकै टांगिएको तारबाट करेन्ट लागेर मृत्यु उनको भएको हो ।

करेन्ट लागेलगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउना साथ उनलाई मृत घोषणा गरेको थियो ।

विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेको भन्दै मृतकका आफन्त आन्दोलित भएका छन् । उनीहरूले क्षतिपूर्तिको माग राखेका छन् ।

अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत भिमदत्त नगरपालिका–५ सुखासाल सडक अवरुद्ध भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:४०
Weather Update