सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं— नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेको मुद्दा इजलासको पहिलो नम्बरमा राखिएको छ ।
अन्तिम सुनुवाइका रुपमा रहेको लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको पेशीमा अगाडि राखिएको हो ।
सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भन्दै आदेश दिएपछि काठमाडौं जिल्ला अदालतले बिहीबारका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो ।
बलात्कारको आरोपमा लामिछानेविरुद्ध दर्ता भएको मुद्दामाको सुनुवाइपछि अभियोग दाबीबाट सफाइ पाए एसिया कप खेल्न जान पाउने छन् । दोषी ठहर भएमा जेल जानु पर्ने छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० ११:३३