अमेरिकामा मृतकका परिवारलाई सात सय डलर दिने घोषणापछि सरकारको विरोध

काठमाडौं— अमेरिकाको माउई जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या १०६ जना पुगेको छ ।
हवाई राज्यको जंगलमा लागेको डढेलोबाट मृतकको संख्या बढ्दै गएपछि सरकारको आलोचना सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलोबाट क्षति पुगेका परिवारलाई प्रति परिवार सात सय डलरको सहयोग गरेसँगै सरकारको आलोचना सुरु भएको हो ।
आलोचकहरूले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन् । संघीय आपत कालीन व्यवस्थापन एजेन्सी (फेमा)ले हवाईका बासिन्दाहरूलाई सहयोग गर्न तीन सय फेमा कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १०:५५













