
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कक्षा १२ को परीक्षामा ३ लाख ७२ हजार ६ सय विद्यार्थीमध्ये आधा मात्र पास र आधा फेल भएको विषय निकै गम्भीर भएको बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ परीक्षाफल सार्वजनिक गरेको थियो ।
गत वर्षभन्दा केही सुधार भयो भनेर चित्त बुझाउन नमिल्ने बताउँदै डा.भट्टराईले गम्भीर रोग कायमै राखेर ज्वरो अलिकति घट्यो भनेर चित्त बुझाउनु जस्तै आत्मघाती हुने बताए ।
उनले भने,‘हाम्रो शिक्षा प्रणालीमा आमूल सुधार नगरेसम्म देश समृद्ध बन्दै बन्दैन भन्ने बुझ्दाबुझ्दै आफूलाई कम्युनिस्ट/समाजवादी भन्ने साथीहरूको हेलचक्र्याइँ (वा वैचारिक स्खलन ?) बुझिनसक्नु छ ! संविधानको धारा ३१ ले माध्यमिक तहसम्मको शिक्षा सबै नागरिकले निःशुल्क पाउने ग्यारेन्टी गरिसकेको अवस्थामा माध्यमिक तहसम्मको शिक्षा निजी क्षेत्रलाई र त्यो पनि कम्पनी मोडेलमा नाफा कमाउने गरी कसरी छोड्न मिल्छ ?’
उनले अब पनि शिक्षा ऐन संविधानको स्पिरिट अनुरूप जारी र कार्यान्वयन गर्न खुट्टा कपाउन नहुने बताए ।
१२ कक्षाको परीक्षामा ३ लाख ७२ हजार ६ सय विद्यार्थीमध्ये आधा मात्र पास र आधा फेल भएको विषय निकै गम्भीर हो।गत बर्षभन्दा केही सुधार भयो भनेर चित्त बुझाउन मिल्दैमिल्दैन।गम्भीर रोग कायमै राखेर ज्वरो अलिकति घट्यो भनेर चित्त बुझाउनु जस्तै आत्मघाती कुरा हो।
— Baburam Bhattarai (@brb1954) August 17, 2023
हाम्रो शिक्षा प्रणालीमा आमूल…













