शिक्षक दिनहुँजसो आन्दोलनमा जाँदा विद्यार्थीको पठनपाठन प्रभावित

काठमाडौं— सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो पेसागत हकहितको माग राखेर केही दिनदेखि आन्दोलन गर्दै आएका छन् ।
नेपाल शिक्षक महासंघको आयोजनामा प्रस्तावित शिक्षा ऐन सच्याउन माग गर्दै देशभर आन्दोलन भइरहेको छ ।
देशभरका सामुदायिक विद्यालयका शिक्षक विद्यालयमा नियमित उपस्थित नभई आन्दोलनमा जाने गरेपछि पालिका तथा वडाको ध्यानाकर्षण भएको छ ।
स्थानीय तहले समादायिक विद्यालयका शिक्षक विद्यालयमा नियमित उपस्थिति भई कक्षा सञ्चालन गर्न सबै शिक्षकलाई ध्यानाकर्षण गराएको छ ।
शिक्षक दिनहुँजसो आन्दोलनमा जादाँ विद्यार्थीको पठनपाठनमा प्रभाव परेको चौतर्फी गुनासो आउन थालेपछि स्थानीय तहले सचेत गराएको हो ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १८:१६













