नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम खुम्चियो
काठमाडौं— बिहीबार शेयर बजार परिसूचक (नेप्से) झिनो अंकले वृद्धि भएको छ ।
लगातार गिरावट हुँदै आएको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार ८.१ अंकले वृद्धि भई २०३३.१३ बिन्दुमा पुगेर बन्द भएको हो ।
बिहीबार म्यचुअल फण्डबाहेक सबै उपसूचक वृद्धि भएको छ । कारोबारमध्ये म्युचुअल फण्ड उपसूचकमा ०.२३ प्रतिशतले गिरावट आएको हो ।
नेप्सेमा सामान्य अंकले वृद्धि हुँदा कारोबार रकममा भने कमी आएर डेढ अर्बमा खुम्चिएको छ । बिहीबार कूल ४० लाख ९ हजार २६३ कित्ता शेयर एक अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको हो ।
कारोबार भएका कम्पनीमध्ये बिहीबार सोल्टी होटलको शेयर सर्वाधिक १३ करोड ७१ लाखको किनबेच भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८० १६:५९