News Griha :: न्यूजगृह
योजना राम्रो बनाउँछौँ फेल हुन्छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं— राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले राम्रो योजना बनाए पनि कार्यान्वयन नभएको स्वीकारेका छन् ।

बिहीबार १६ औँ राष्ट्रिय योजनाको तयारीबारे आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सडक र सदनमा किन योजना बनाउन पर्‍यो भनेर आवाज उठेको भन्दै त्यो स्वाभाविक भएको बताए । 

‘सडकमा पनि सदनमा पनि योजना किन बनाउन पर्‍यो ? योजना राम्रो बनाउँछौँ फेल हुन्छ, त्यो बनाउनुको अर्थ के छ र ? भनेर टिप्पणीहरू भइरहेका छन्, त्यो स्वभाविक हो,’ उनले भने ।

उनले समाजिक क्षेत्रमा महिला सशक्तिकरण र समानताको कुरामा धेरै नै प्रगति गरेको बताए । देश आर्थिक विकासको क्षेत्रमा चुकेको उनको भनाइ छ ।

अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नती एवम् व्यवसायिक क्षेत्रको सम्बर्द्धन र सुदृढीकरणका लागि नेपालले आर्थिक वृद्धिदर बढाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:५४
Weather Update