News Griha :: न्यूजगृह
विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिका कार्यसमिति बैठक शनिबार

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद्,जहदा गाउँपालिका कार्यसमिति,मोरङले पर्सी शनिबार (२ भदौ) मा बस्ने गरी बैठक बोलाएको छ ।

अध्यक्ष मुकेश कुमार यादवले बिहीबार बैठक बोलाएका हुन् । बैठक दुर्गा मा.वि.जहदा–५ मझारेमा बिहान ११ बजे बस्नेछ ।

उनले बैठकमा अति आवश्यक विषय वस्तुमाथि छलफल हुने जनाएका छन् ।

विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले प्रस्तावित संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका समस्या समावेश गर्न र विद्यायल कर्मचारीसँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि दबाब दिइरहेको छ ।

कार्यसमिति बैठकमा राष्ट्रिय समितिले गरेका कार्यहरूको जानकारी पनि गराइने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १७:५६
Weather Update