सेनाले किन दिन्छ विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम ?, के गर्नुपर्छ तालिममा? शनिबार, भदौ ९, २०८०

बाँकेमा डुबेर दुई जनाको मृत्यु शनिबार, भदौ ९, २०८० स्थानीय खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए ।

के सरकार ढल्दै छ?, के भन्छन् गठबन्धन र प्रतिपक्षी दलका नेताहरू? शनिबार, भदौ ९, २०८० हल्ला चलेको लामो समय भइसक्यो तर आधिकारिकरूपमा कुनै पार्टी, नेताले दाबी भने गरेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गर्छन् ।

लेखा समिति सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने एमालेको तयारी शनिबार, भदौ ९, २०८० संसदीय समिति सभापति चयन प्रकृया आइतबारबाट सुरु हुँदैछ । समिति सभापतिको लागि प्रमुख दलहरूबीच भागबन्डा भइसकेको छ । जसअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समिति पाउनेछ । लेखा समितिमा उम्मेदवारी दिन लागेका पोखरेल मोरङ २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

पिकनिक गएका २ जना त्रिशूली नदीमा बेपत्ता, खोजी गर्न सशस्त्र प्रहरी परिचालन शनिबार, भदौ ९, २०८० बेपत्ता हुनेमा भरतपुर महानगरपालिका- १० का ३० वर्षका अर्जुन प्रधान र प्रवीण श्रेष्ठ छन् । अपरान्ह साढे ४ बजेतिर नदीमा बेपत्ता भएका दुवै जनाको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिनिधि सभाअन्तर्गत समितिका सभापति निर्वाचनको कार्य तालिका सार्वजनिक शनिबार, भदौ ९, २०८० आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्य तालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिने छन् ।

‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास शनिबार, भदौ ९, २०८० गौशाला २६ माइती नेपालको संरक्षणमा छिन् । उनले चिकित्सकको प्रेस्क्रिप्सनविपरीत औषधि सेवन गरेकी हुन्। गौशाला २६ मनोचिकित्सकको परामर्शमा छिन् । तीन दिनबाट पेनिक अट्याक आएपछि निको हुनका लागि 'गौशाला २६' ले एकैचोटि तोकिएको मात्राभन्दा धेरै औषधि सेवन गरेको बुझिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।

छोरा गुमाएको चिन्तामा कलाकार सानु ताम्राकारको निधन शनिबार, भदौ ९, २०८० छोरा गुमाएको चिन्तामा विरामी भएका वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले ताम्राकारको शनिबार दिउँसो ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको पुष्टि गरे ।

तिलगंगाको लगानीमा ‘सिटी आई सेन्टर’ सुरुवात शनिबार, भदौ ९, २०८०

अर्घा भगवती मन्दिर परिसरमा गयो पहिरो शनिबार, भदौ ९, २०८० पहिरोका कारण प्रसिद्ध अर्घा भगवती मन्दिर परिसरमा जाने बाटो बन्द भएको छ । पहिरो गएपछि मन्दिरमा जान रोक लगाइएके छ । शुक्रबार गएको पहिरोलाई शसस्त्र प्रहरीका जवानहरूले पुर्ने तथा उकास्ने काम गरेको छ ।
धरानको घटनामा सद्भाव कायम राख्न सभापति देउवाको अपिल शनिबार, भदौ ९, २०८० सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले धरान उपमहानगरमा भएको घटनाले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकतामा खलल पुर्याउने भन्दै सद्भाव कायम राख्न अपिल गरेका छन् ।

ओलीले नियतबस हामीलाई प्रस्तुत हुन दिएनन् : माधव नेपाल शनिबार, भदौ ९, २०८० शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन काण्डको छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष केपी ओलीले सहभागी हुन नदिएको आरोप लगाए ।

लागू औषध अभियोगमा १३० जना पक्राउ, होला मृत्युदण्डको सजाय शनिबार, भदौ ९, २०८० सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा १३० जनालाई पक्राउ गरेका छन् । केन्द्रीय लागू औषध नियन्त्रण विभाग (सीएनबी)ले शनिबार विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी कारवाहीमा १३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।








