पिकनिक गएका २ जना त्रिशूली नदीमा बेपत्ता, खोजी गर्न सशस्त्र प्रहरी परिचालन

काठमाडौं— चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटमा नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भरतपुर महानगरपालिका- १० का ३० वर्षका अर्जुन प्रधान र प्रवीण श्रेष्ठ छन् । अपरान्ह साढे ४ बजेतिर नदीमा बेपत्ता भएका दुवै जनाको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।
उनीहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको चितवन प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० १८:१६













