News Griha :: न्यूजगृह
बाँकेमा डुबेर दुई जनाको मृत्यु

बाँके— स्थानीय खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए ।

साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका  थिए। बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो । 

त्यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको पनि डुबेर मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–३एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए ।

मृतकसँगै पौडी खेल्न गएका दुईजना फरार छन् । 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १९:०३
Weather Update