आइतबार पुत्रदा एकादशी व्रत, यस्तो छ तपाईंको राशिफल आइतबार, भदौ १०, २०८०

कोशी प्रदेश नामकरण विवादबारे ओली भने— सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी छ शनिबार, भदौ ९, २०८० उनले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे । ओलीले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी पनि गरे ।

केन्द्रीय बस टर्मिनललाई नमूना बसपार्क बनाउने रेनुको घोषणा शनिबार, भदौ ९, २०८० बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले अहिले बसपार्कको स्तरोन्नति भइरहेको बताएकी हुन् ।

कोशी प्रदेशमा मल कारखाना जरूरी छ : मुख्यमन्त्री थापा शनिबार, भदौ ९, २०८० शनिबार इटहरीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री थापाले भने, 'कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस्था छ । समस्या समाधानका लागि प्रदेशमै मल कारखाना सञ्चालन जरुरी छ ।' यसका लागि उनले हुलास कम्पनीलाई मल कारखाना स्थापना गर्न आग्रह समेत गरे ।

सामाजिक सद्भावको पक्षमा उभिन धरानवासीलाई प्रधानमन्त्रीको अपील शनिबार, भदौ ९, २०८० प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानवासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी पुनःसञ्चालनमा शनिबार, भदौ ९, २०८० चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुल नजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो १ बजेदेखि दुईतर्फी नै सवारी आवागमन रोकी पहिरो पन्छाउने काम सुरु गरिएको थियो । सडकको पहिरो हटाउन तीन वटा मेसिन प्रयोग गरिएको थियो ।

संस्कृतिविद् ज्ञानकाजी मानन्धरको निधन शनिबार, भदौ ९, २०८० काभ्रेको बनेपाका उनले नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषामा समेत थुप्रै कृति एवं ज्ञानगुनका कुरा लेखेका छन् । लामो समयदेखि शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको व्यक्तित्व र कृतित्व चिनाउने धेरै खोजमूलक लेख र पुस्तक प्रकाशन छन् ।

अवरुद्ध मदन भण्डारी र सिद्धिचरण राजमार्ग सञ्चालनमा शनिबार, भदौ ९, २०८० राजमार्गको उदयपुरगढी गाउँपालिका–६ स्थित मौवासीखोलाको पुलनजिकै पहिरो गएपछि अवरुद्ध भएको यातायात शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । उनका अनुसार यतिबेला सवारी साधन सञ्चालन हुन थालेका छन् ।

सुधार गृहमा बबाल गर्ने ५७ 'बाल कैदी'को सरुवा शनिबार, भदौ ९, २०८० जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सुधार गृह पर्सामा १८ जना, मकवानपुरमा १८, डोटीमा ७ र रूपन्देहीमा १४ जनालाई स्थानान्तरण गरेको हो । ‘सुधार गृहको विवाद समाधान गर्न उनीहरूलाई अन्यत्र स्थानान्तरण गरिएको हो,’ विभागका महानिर्देशक काशीराज दाहालले भने ।

नुवाकोटमा सुकुम्बासी र प्रहरीबीच झडप, ६५ घरटहरा भत्काइयो शनिबार, भदौ ९, २०८० घरटहरा भत्काउने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ । प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुकुम्बासीको ढुङ्गामुढाबाट केही प्रहरी घाइते छन् । सूचना दिएर बारम्बार आग्रह गर्दा पनि ठाउँ छाड्न नमानेपछि बल प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

प्लास्टिकको दाना भन्दै ल्याइएको सामान काजु पाइएपछि.. शनिबार, भदौ ९, २०८० भारतबाट प्लाष्टिकका दानाको बिजक पेस गरेर भन्सार पास गर्ने प्रक्रियामा रहेका दुईवटा ट्रक जाँच गर्दा फरक सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले बताए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लास्टिक दाना भनिए पनि भौतिक जाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परिमाणमा फरक सामान फेला परेको उनले बताए ।

राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु शनिबार, भदौ ९, २०८० शनिबार दिउँसो करिब साढे ३ बजेको समयमा माछा मार्ने क्रममा हेटौँडा उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार भारतीलाई सिमल्टारस्थित राप्ती खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

श्रेष्ठलाई कार्यवाहक दिएर जसपा अध्यक्ष यादव उडे भारत शनिबार, भदौ ९, २०८० अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन शनिबार भारत गएपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।









