केन्द्रीय बस टर्मिनललाई नमूना बसपार्क बनाउने रेनुको घोषणा

चितवन— भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनललाई नमूना बसपार्कका रूपमा विकास गर्ने बताएकी छन् ।
बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले अहिले बसपार्कको स्तरोन्नति भइरहेको बताएकी हुन् ।
बसपार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाइ, मर्मतसम्भारलगायतका काम भइरहेको मेयर दाहालले बताइन् । सघन सहरी विकास मन्त्रालयबाट १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी नमूना बसपार्क बनाउनेतर्फ तयारी छ ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० २१:५३













