News Griha :: न्यूजगृह
कोशी प्रदेशमा मल कारखाना जरूरी छ : मुख्यमन्त्री थापा

मोरङ— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताएका छन् ।

शनिबार इटहरीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री थापाले भने, 'कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस्था छ । समस्या समाधानका लागि प्रदेशमै मल कारखाना सञ्चालन जरुरी छ ।' यसका लागि उनले हुलास कम्पनीलाई मल कारखाना स्थापना गर्न आग्रह समेत गरे । 

कोशी प्रदेशका किसानका समस्या जटिल रहेका भन्दै थापाले राज्यले ती समस्या सम्बोधन गर्न नसकेको बताए । मुख्यमन्त्री थापाले भने, 'कोशी प्रदेशमा मल कारखानाको स्थापनाका लागि हुलास कम्पनीले सहयोग गरोस्, राज्यको तर्फबाट आवश्यक समन्वय तथा सहकार्य हुन्छ ।'

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:४६
Weather Update