News Griha :: न्यूजगृह
नारायणगढ–मुग्लिन सडक दुईतर्फी पुनःसञ्चालनमा

चितवन— पहिरोको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शनिबार साँझदेखि सडकमा दुईतर्फी सवारी साधन चलन थालेका हुन् ।

चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुल नजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रुपमा सञ्चालन भइरहेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो १ बजेदेखि दुईतर्फी नै सवारी आवागमन रोकी पहिरो पन्छाउने काम सुरु गरिएको थियो । सडकको पहिरो हटाउन तीन वटा मेसिन प्रयोग गरिएको थियो । 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:३१
Weather Update