कोशी प्रदेश नामकरण विवादबारे ओली भने— सबै प्रकारका विभेद र असमानता अन्त्य जरुरी छ

झापा— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन् ।
दमकमा शनिबार कार्यकर्तासँग उनले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न नमिल्ने बताए ।
उनले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे । ओलीले केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको दाबी पनि गरे ।
कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै उनले जातीयताका नाममा विवाद गर्न नहुने बताए ।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० २१:५६