News Griha :: न्यूजगृह
राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु

मकवानपुर—  राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो करिब साढे ३ बजेको समयमा माछा मार्ने क्रममा हेटौँडा उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार भारतीलाई सिमल्टारस्थित राप्ती खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

खोलामा मान्छेजस्तो वस्तु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयको सहयोगमा मृतकको शव बाहिर निकालिएको हो । 
बिहीबारदेखि परेको अविरल वर्षाका कारण राप्ती खोलाको बहाव बढेको छ । मृतक भारतीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको कार्कीले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १९:४२
Weather Update