
काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा लडिरहेकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छन्।
स्रोतका अनुसार उनको काठमाडौंको एक अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। उनी खतरामुक्त छिन् ।
गौशाला २६ माइती नेपालको संरक्षणमा छिन् । उनले चिकित्सकको प्रेस्क्रिप्सनविपरीत औषधि सेवन गरेकी हुन्। गौशाला २६ मनोचिकित्सकको परामर्शमा छिन् । तीन दिनबाट पेनिक अट्याक आएपछि निको हुनका लागि 'गौशाला २६' ले एकैचोटि तोकिएको मात्राभन्दा धेरै औषधि सेवन गरेको बुझिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।
जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि घटना भएको हो । क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेसी तोकिएको छ।
गौशाला २६ ले हालै मात्र कक्षा १२ उत्तीर्ण गरेकी छन्। उनले ३.८७जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन्।
गतवर्षको भदौमा गौशाला २६ माथि क्रिकेटर लामिछानेले बलात्कार गरेको आरोप छ ।
यो पनि पढ्नुहोस