खेलकुद मन्त्री लिम्बुको स्वास्थ्यमा सुधार सोमबार, भदौ ११, २०८०

राम्रो देश पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ सोमबार, भदौ ११, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको पेसी ‘डिजिटल सिस्टम’बाट हुने सोमबार, भदौ ११, २०८० प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘अटोमेसन’ प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गरेका हुन् । सोमबारसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो ।

मानसिक रोगी सुनाले आफैलाई जलाइन, अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु सोमबार, भदौ ११, २०८० आइतबार घरमा कोही नभएको बेला शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउदको उपचारको क्रममा धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

आज कति पुग्यो सुनको मूल्य ? सोमबार, भदौ ११, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
एसिया कप खेल्न जानुअघि सन्दीपले भने- ' टफ टाइम' भइरहेको छ 'लाइफ'मा सोमबार, भदौ ११, २०८० यसैबीच लामिछाने सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका हुन् । पाकिस्तान जानुअघि पत्रकारसँग उनले भने, ‘टिम चाहिँ राम्रो पर्फमेन्स गरिरहेको छ पाकिस्तानमा, म पनि यहाँ आफ्नो तर्फबाट प्राटिक्स गरिरहेको छु, खेल्नका लागि रेडी पनि छु ।’

नौ समितिको सभापतिमा भागबण्डा, कांग्रेसकी आरजु राणादेखि सन्तोष चालिसेसम्म निर्विरोध सोमबार, भदौ ११, २०८० प्रतिनिधि सभाअन्तर्गत १० विषयगत समितिको सभापति पदमा सोमबार निर्वाचन हुने भएको छ । सभापति चयनका लागि नौ वटा समितिमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । एउटा समितिमा भने निर्वाचन हुने भएको छ ।

भारतीय गाडीलाई रोक लगाउन सरकार गम्भीर भएन : महासचिव बानियाँ सोमबार, भदौ ११, २०८० उनले हाल मालबाहक सवारीको क्षेत्रले भोग्नु परेका समस्या, महासंघको आगामी रणनीतिलगायत विषयमा महासंघले सरकारका सम्बन्धित निकायहरूसँग अनुरोध गर्दै विभिन्न समस्या समाधान गर्न काम गर्दै जाने बताए ।

कोशीको बजेट शून्यतामा गयो, कर्मचारीको तलबदेखि सबै कार्यक्रम प्रभावित सोमबार, भदौ ११, २०८० कोशी प्रदेशको बजेट सोमबारदेखि शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा गएकाले नेकपा एमालेले अदालत जाने तयारी गरेको छ । बजेट शून्यताले कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रमसमेत प्रभावित हुने छन् ।

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त सोमबार, भदौ ११, २०८० भरतपुरस्थिति बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो ।
क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान सोमबार, भदौ ११, २०८० नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । उनी सोमबार बिहान साढे ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सार्वजनिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका सोमबार, भदौ ११, २०८० उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ ।

म्याग्दीमा सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन् सोमबार, भदौ ११, २०८० म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो ।









