सर्वोच्च अदालतको पेसी ‘डिजिटल सिस्टम’बाट हुने

काठमाडौं— सर्वोच्च अदालतमा सोमबारदेखि ‘अटोमेसन’ प्रणालीद्वारा पेसी तोकिने भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘अटोमेसन’ प्रणालीमा पेसी तोक्ने व्यवस्थाको उद्घाटन गरेका हुन् । सोमबारसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेसी तोक्ने गरिन्थ्यो ।
अब ‘डिजिटल सिस्टम’ले नै मुद्दाको पेसी तोकिने भएको छ । अदालतको पेसी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेसी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० ११:४३













