खेलकुद मन्त्री लिम्बुको स्वास्थ्यमा सुधार

काठमाडौं— युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ । शुक्रबार साँझ ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।
मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेंगु संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।
मन्त्री लिम्बु केही दिनपहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए । अस्पताल भर्ना भएका उनलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १२:०९