भारतीय गाडीलाई रोक लगाउन सरकार गम्भीर भएन : महासचिव बानियाँ

काठमाडौं— नेपाल ट्रक व्यवसायी महासंघका महासचिव विक्रम बानियाँले भारतीय गाडीहरूमा रोक लगाइनु पर्ने विषयमा सरकार गम्भीर नभएको बताएका छन् ।
काठमाडौंमा सोमबार आयेजित पत्रकार सम्मेलनमा उनले सरकारले ट्रक पार्किङ व्यवस्थापन, निर्धारित भारदर कार्यान्वयन लगायत मागहरू सम्बोधन नगरेको बताए ।
‘हामीले सरकारलाई पटक–पटक मौखिक र लिखित जानकारी गराउँदा समेत कुनै सुनुवाइ नगरी दैनिक सयौँको संख्यामा मालबाहक सवारी साधनलाई दण्डित गर्ने कार्य रोकिएन,’ उनले भने, ‘सरकार निरीह छ ।’
उनले हाल मालबाहक सवारीको क्षेत्रले भोग्नु परेका समस्या, महासंघको आगामी रणनीतिलगायत विषयमा महासंघले सरकारका सम्बन्धित निकायहरूसँग अनुरोध गर्दै विभिन्न समस्या समाधान गर्न काम गर्दै जाने बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १०:३२













