बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन मंगलबार, भदौ १२, २०८०

शिक्षाको बेथिति नियन्त्रण गर्न अनशन र हड्ताल बस्छ भनेर डराउनु हुन्न : सांसद पौडेल मंगलबार, भदौ १२, २०८० नेकपा माओवादी पार्टीका सांसद देवेन्द्र पौडेलले शिक्षामा देखा परेको व्यथितिलाई नियन्त्रण गर्न केही नेपाल ऐनलाई परिमार्जन गर्नु पर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले एक खर्ब ६२ अर्ब रकम बाहिर गइरहेको भन्दै त्यसलाई रोक्न पनि ऐन संशोधन गर्न जरुरी रहेको बताए ।

शेयर बजारमा कारोबार रकम खुम्चियो मंगलबार, भदौ १२, २०८० जसमा ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँ मात्रै कारोबार भएको छ । बजारमा गिरावट आए पनि कुथेली बुखारी स्मल हाइड्रोको सकारात्मक सर्किट लागेको छ । यसैबीच स्वाभिमान लघुवित्त, सामलिङ पावर, अपर सोलु हाइड्रोसहितका धितोपत्रको मूल्य घटेको छ ।

गृहमन्त्री श्रेष्ठ र कोरियाली राजदूतबीच भेटवार्ता मंगलबार, भदौ १२, २०८० यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

सरकारले खिचडी जस्तो बनाएर विधेयक पेश गरेको छ : सोविता गौतम मंगलबार, भदौ १२, २०८० मंगलबार प्रतिनिधि सभाको छलफलमा भाग लिँदै सांसद गौतमले विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरूले पेश गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षणसमेत गराइन् ।

गौहत्याविरुद्ध माइतिघरमा विद्यार्थीहरूले गरे प्रदर्शन मंगलबार, भदौ १२, २०८० मंगलबार ‘गाई मार्न पाइँदैन, कानुनको पालना गर’लगायतका नारासहित काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेका हुन् । उक्त प्रदर्शनमा सहभागी विद्यार्थी सुशान्त आचार्यले गाई मारेर खाने कार्य भइरहेको बेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए ।

सरकारले हामीलाई हेपेको स्वीकार्य हुँदैन : गगन थापा मंगलबार, भदौ १२, २०८० मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले ‘केही नेपाल ऐन सशोधन गर्ने विधेयक’ जबरजस्ती पेश गरेर सरकारले आफूहरूलाई हेपेको बताका हुन् ।

भैरहवाबाट दुई अन्तर्राष्ट्रिय उडान सुरु, हङकङको उडान यात्रुविहीन मंगलबार, भदौ १२, २०८० मंगलबारको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिए । हङकङ जाने यात्रुलाई काठमाडौं हुँदै गन्तव्यमा पुर्याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौं विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ ।

प्रधानमन्त्रीको छोरीले हरेक मिटिङमा बस्न कसरी पाउँछ ? : सांसद सिंह मंगलबार, भदौ १२, २०८० मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले हरेक बैठकमा प्रधानमन्त्रीको छोरीलाई सहभागी गरिने गरेकोमा आपत्ति जनाउँदै गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरे ।

बैतडी विमानस्थल बन्द, मारमा स्थानीय नागरिक मंगलबार, भदौ १२, २०८० हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीय दिनेश जोशीले बताए ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ मंगलबार, भदौ १२, २०८० १२ वर्षीया नाबालिक पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाबाट पक्राउ गरिएको हो ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई किन कारबाही भएन ? : सांसद सुवाल मंगलबार, भदौ १२, २०८० उनले शासक दलका नेता र प्रधानमन्त्रीहरू अपराधमा संलग्न भएता पनि कारबाही नहुने के यो निर्वाचित राजतन्त्र हो र ? भन्दै प्रश्नसमेत गरे । अर्बौं रुपैयाँको महसुल नबुझाउनेसँग कुन कुन मन्त्रीको सांठगाँठ छ ? छानबिन गरी कारबाही गर्न जरुरी भएको उनको भनाइ थियो ।

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम मंगलबार, भदौ १२, २०८० शैक्षिक प्रमाण पत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खास गरी विद्यार्थीहरू ठूलो मर्कामा परेका थिए । अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।









