सरकारले हामीलाई हेपेको स्वीकार्य हुँदैन : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूलाई सरकारले हेपेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जबरजस्ती पेश गरेर सरकारले आफूहरूलाई हेपेको बताका हुन् ।
‘हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन, यो विधेयकमाथि यति धेरै प्रश्नहरू छन्,’ उनले भने, ‘यो विधेयक मात्रै होइन जसरी संसदलाई जे व्यवहार गरिएको छ, सांसदलाई जसरी प्रयोग गरिएको छ, अब सहन सकिँदैन ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बहुमत सांसद थपडी मात्रै बजाउन आएको भनेर नसोच्न आग्रह गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १४:४२