News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई किन कारबाही भएन ? : सांसद सुवाल
फाइल तस्बिर

काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास, सुन प्रकरणमा संलग्न मन्त्री प्रधानमन्त्रीलाई किन कारबाही भएन ? भन्दै प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभामा उनले भने, ‘ललिता निवासको सरकारी जग्गामा व्यक्तिको नाममा दर्ता गरिदिने, सुन तस्कर र नक्कली भुटानी शरणर्थी प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीहरूलाई कारबाही किन भएन ?’

उनले शासक दलका नेता र प्रधानमन्त्रीहरू अपराधमा संलग्न भएता पनि कारबाही नहुने के यो निर्वाचित राजतन्त्र हो र ? भन्दै प्रश्नसमेत गरे । अर्बौं रुपैयाँको महसुल नबुझाउनेसँग कुन कुन मन्त्रीको सांठगाँठ छ ? छानबिन गरी कारबाही गर्न जरुरी भएको उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:२८
Weather Update