१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौं— नाबालिकालाई बलात्कार गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् ।
१२ वर्षीया नाबालिक पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाबाट पक्राउ गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८० १३:३६